प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ।
पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्बाङलाई साक्षी राखेर छलफल गरेका हुन्।
आन्तरिक बिबाद चर्किदै गएर पार्टी फुटको संघारमा पुगेपछि विवाद समाधानका लागि छलफल भएको हो। बैठकमा माधव नेपाल पक्षलाई भने प्रधानमन्त्री ओलीले बोलाएका छैनन्।
शीर्ष नेताहरूबीच विवाद बढ्दै गएपछि लामो समयदेखि स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन। स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालसहितको नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेको हो।