जनता समाजवादी पार्टी, नेपालकी सांसद लीलादेवी सिटौलाले प्रतिनिधिसभा सदस्यको सपथ लिएकी छन्।
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सांसद सिटौलालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। सपथपछि सभामुख सापकोटाले सांसद सिटौलालाई सांसदको व्याज प्रदान गरेका थिए।
सांसद सरिता गिरीलाई सांसदबाट फिर्ता बोलाएपछि जसपाले ललितपुरकी सिटौलालाई प्रतिनिधिसभा सदस्य बनाएको हो। निर्वाचन आयोगले सिटौला सांसद निर्वाचित भएको घोषणा गरेपछि सिटौलालाई बुधबार सपथ खुवाइएको हो। सपथपछि सञ्चारकर्मीसंग कुरा गर्दै सांसद सिटौलाले जनताप्रति केन्द्रीत भएर काम गर्ने बताइन्।
निर्वाचन आयोगमा समानुपातिकतर्फ पार्टीले बुझाएको बन्द सूचीमा सिटौलाको नाम थियो। यसअघि पार्टीको ह्वीप उल्लंघन गरेपछि गिरी कारबाहीमा परेकी हुन्। लिम्पियाधुरा समेटिएको नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रस्तावमाथि पार्टीले पक्षमा मत दिन गरेको ह्विप गिरीले अस्वीकार गरेपछि उनको सांसद पद गुमेको हो।