राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनील थापा लगायतका नेताहरू आज नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् ।
थापाले आफूसँगै राप्रपा परित्याग गरेकामध्ये १३ जनालाई केन्द्रीय सदस्य बनाउन कांग्रेससँग माग राखेको बताइन्छ। तर तीनदेखि पाँचजनालाई मात्र केन्द्रीय सदस्य बनाउने कुरा भएको बुझिएकाे छ।
राप्रपाका संस्थापक एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापाले राप्रपामा महामन्त्री र सरकारमा मन्त्रीको जिम्मेवारी पाइसकेका छन्।
प्रजातान्त्रिक शक्तिहरूलाई बलियो बनाउन राप्रपाले नसक्ने र त्यसको निम्ति प्रजातान्त्रिक शक्ति कांग्रेसलाई बलियो बनाउन आफूसहित अन्य नेताले कांग्रेस प्रवेश गर्ने निर्णय लिएकाे थापाले बताएका छन् ।
कांग्रेसले पदाधिकारीको रूपमा स्वीकार गर्नुलाई कतिपयले थापाकाे ठूलो सफलता मानेका छन्।कांग्रेसमा प्रवेश गर्दा सम्मान दिएर प्रवेश गराउने व्यवस्था छ ।आफ्ना बुवाले स्थापना गरेको पार्टी राप्रपा परित्या गरेर कांग्रेसमा मिसिनु उनकाे लागि चानचुने कुरा हाेइन।