नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् ।
पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको विप्लव समूहले दावी गरेकाे छ ।
पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । सरकारले चन्द समूहकाे गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले धमाधम उसका नेता तथा कार्यकतालाइ पक्राउ गर्दै अाएकाे छ ।