आन्तरिक विवादका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा द्धन्द बढिरहेका बेला पूर्ब प्रधानमन्त्रीसमेत रहेका एकजना बरिष्ठ नेताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने कम्युनिष्ट पार्टीको जनमत समाप्त हुने ठोकुवा गरेका छन्।
दुई तिहाई नजिकको शक्तिशाली नेकपा अध्यक्ष ओली नेतृत्वको सरकारले प्रभाबकारी काम गर्न नसकेको भन्दै सरकारको कमजोर प्रस्तुतीका कारण भोलिका दिनमा कम्युनिष्ट पार्टीको हालत यस्तो हुने उनले दाबी गरेका हुन्।
साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो? सम्भावना के हो?’ बिषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले सरकारले प्रभावकारी काम गर्न नसक्दा हिजो चुनाबमा नेकपाले पाएको जनमत आधा खुम्चिसकेको उल्लेख गरे।
वरिष्ठ नेता खनालले आफूलाई हटाउन खोजेमा पार्टी फुटाउँछु भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै इमान्दार कार्यकर्ताहरु त्रसित भएर बस्नु परेको यथार्थता सुनाए। उनले जताततै सरकारको विरोध बढेको उल्लेख गर्दै एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्नुको साटो ढाकछोप गरेको आरोप लगाएर
अहिलेको अबस्थामा सुधार नगरी पार्टी अघि बढ्न नसक्ने भन्दै बरिष्ठ नेता खनालले नीति र कार्यक्रममा आमूल सुधारको आबश्यकता औल्याए। त्यसबाट केही सुधार आउने आशा गरेका खनालले अबका दिनमा दुई तिहाईको कल्पना गर्न नसकिने यथार्थता सुनाए। उनले यथास्थितिमा रहेमा कम्युनिष्ट पार्टीको भबिश्य अनिश्चित हुने उल्लेख गरे।