प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उनका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गरेका हुन्।
बच्चन परिवारलाई कोरोना भाइरसको सङ्क्रमण भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरुलाई हस्पिटल भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
अभिषेककी पत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्यालाई पनि कोरोनाभाइरस देखिएको हो।दुवै अभिनेताले आफुलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिएका छन् ।
७७ वर्षिय अमिताभको अवस्था स्थिर रहेको तर, स्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ ।
दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। ट्विटरमा अमिताभ बच्चनका चार करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन्।