दुइदिन देखिकाे अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानका कारण देशका विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको छ ।
गएरातीकाे पहिराेमा परी कास्कीमा ७ को मृत्यु र ११ जना घाइते, लम्जुङमा ३ मृत्यु र ४ घाइते, सिन्धुपाल्चोकमा २ को मृत्यु र २१ वेपत्ता र म्याग्दीमा ३२ जना वेपत्ता भएका छन् ।
त्यसैगरी थुप्रै मानिस घरबार बिहीन भएका छन् । कैयौं स्थानहरुमा बाढी, पहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाई व्यहोर्न परेकाे छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गरी मुलुक कोरोना कहरको पीडामा रहेको बेला फेरि अर्को प्राकृतिक विपतकाे सामना गर्नु परेको भन्दै यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाइ सरकारलाइ सम्पूर्ण ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन् ।
साथै प्रभावित क्षेत्रका नेपाली कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि पीडित परिवारलाई तत्काल उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्याउन पनि देउवा निर्देशन दिएका छन् ।