चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ।
च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्। सरकार वा अन्य कुनै निकायको निर्देशनमा नभई कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेका हुन्।
म्याक्स, डिसहोम लगायत ८–९ वटा वितरक कम्पनीहरुले भारतीय समाचारका च्यानलको प्रशारण बन्द गरेका हुन्। समाचार च्यानल बन्द भए पनि मनोरञ्जन तथा खेलकुदका भारतीय च्यानलको प्रशारण भने यथावत रहनेछ।
बितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटबाट भने ती च्यानल हेर्न सकिन्छ।