नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।
आज बस्ने तय भएकाे बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। असार १० गतेदेखि सुरु भएको बैठक पटकपटक स्थगित हुँदै आएकाे छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित गरिएकाे बताइएकाे छ।
बैठक बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले नेतृत्व छाड्नुपर्ने माग गरेपछि प्रधानमन्त्री बैठककाे सामना गर्न चाहिरहेका छैनन् ।
प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्वबाट राजीनामा दिनुपर्ने प्रचण्डको अडान छ भने ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्।