शनिबार साँझ शीतलनिवासमा राष्ट्रपतिसँगको भेटपछि बालुवाटार फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग छलफल शुरु गरेका छन्।
राष्ट्रपतिसँग भएको कुराकानीबारे प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई केही भनेका छैनन्। उनले खास बिषयमा कुराकानी नभएको मात्र भनेका छन्।
प्रधानमन्त्री ओली शीतलनिवास जान लागेको खबर सार्बजनिक भएपछि प्रचण्ड निवास खुमलटारमा सचिवालयका ६ जना नेताहरु भेला भएका थिए। कतिपयले प्रधानमन्त्री ओली राजीनामा दिनका लागि शीतलनिवास गएको आशंका गरे भने केहीले अध्यादेश जारी गर्न वा संकटकाल लगाउन पो प्रधानमन्त्री शीतल निवास जान लागेका हुन् कि भन्ने आशंका गरे ।
पछिल्लो समय नेकपामा अन्तरविरोध चर्केपछि ओली प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा नदिने अडानमा छन्। जसले गर्दा उनले बैशाख १२ गते फिर्ता भएको अध्यादेश जारी गरेर दल विभाजन गर्ने, मध्यावधि निर्बाचनमा जाने अथवा संकटकाल लगाउनेसम्मको निर्णय गर्न सक्ने अनुमान नेकपाभित्र गरिएको छ।