विकसित पछिल्लो घटनाक्रमपछि फूटको निकट पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच विवाद समाधानका लागि गर्ने भनिएको अनौपचारिक छलफल अन्यौलमा परेको छ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने सचिवालयका ६ सदस्यको अडानपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सत्ताको नेतृत्वबाट राजीनामा दिने विषयमा थप छलफल गर्नुको औचित्य नभएको सन्देश पठाएका छन्। ओलीको यस्तो सन्देशका कारण छलफल अन्यौल भएको हो। यसअघि १० असारमा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए।
अध्यक्ष प्रचण्डसँगको कुराकानीमा बिहिबार संसद अधिबेशन अन्त्य नगर्ने बताएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सीमित सदस्यको उपस्थितिमा त्यस्तो निर्णय गराएका थिए। जसका कारण बिहिबारको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित गरी शुक्रबार अनौपचारिक छलफल गर्ने टुंगोमा पुगेको थियो। तर संसद अधिबेशन अन्त्यको सिफारिस गरेपछि प्रधानमन्त्री ओली बैशाख १२ गते फिर्ता गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउने स्वयं नेकपाकै कपितय नेताहरुले अड्कलबाजी गरेका छन्।
यसअघि बिहिबार बिहान गल्ती सच्याएर अघि बढ्न तयार रहेको प्रधानमन्त्री ओलीको सन्देश लिएर उपप्रधानमन्त्री इश्वर पोखरेलसहितका नेताहरु प्रचण्ड निबास पुगेका थिए। तर अध्यक्ष प्रचण्डले ओलीबाट पटक पटक धोका पाएको भन्दै अब प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट बाहिरिनुको बिकल्प नभएको बताएका थिए।