मन्त्रिपरिषद्को बैठकले अचानक संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि सत्तासीन नेकपाको बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित गरिएको छ।
मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी ओली स्थायी कमिटी बैठकमा नआउँदा बैठक स्थगित गरिएको हो।
बैठक रोकिएपछि ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहरु छलफलमा जुटेका छन् ।