नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले बसिरहेकाे छ ।
पार्टीको १४ औं महाधिवेशनको आन्तरिक कार्यतालिका परिमार्जनका लागि पार्टी कार्यालय ललितपुरमा जारी बैठकमा शनिबार पदाधिकारी बैठकमा भएको सहमति अनुरुप महाधिवेशनको मुख्य मिति यथावत राखेर आन्तरिक कार्यतालिका समायोजन गर्ने प्रस्ताव पेस भएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले यसअघि नै १४ औं महाधिवेशन आगामी फागुन ७–१० मा काठमाडौंमा गर्ने निर्णय गरिसककेको छ ।कोरोनाको सन्त्रास विस्तारै कम हुँदै गएकाले आन्तरिक कार्यतालिका फेरवदल गरेर भएपनि तोकिएको मितिमा महाधिवेशन गर्न कांग्रेस तयारीमा जुटेकाे हो ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले नेताले जोडघटाउ सुरु गरिसकेका छन् ।धेरैले वर्तमान सभापति शेरबहादुर देउवालाइ नेतृत्वमा बाटो खाली गर्नु पर्ने बताउँदै आएपनि देउवा भने पुनः सभापतिमा लड्नका लागि आन्तरिक तयारी गरिरहेका बताइन्छ ।