सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी शुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली भने उपस्थित भएका छैनन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति सदस्यहरूले बैठकमा प्रस्तुत भएका एजेण्डामा केन्द्रित रहेर आफ्ना धारणा राखिरहेका छन्।
जेठ १० गतेदेखि सुरू भएको बैठकमा सरकारको काम, पार्टी एकताका बाँकी कामहरू, एमसिसी परियोजना लगायतका एजेण्डामा छलफल शुरु भएको हो।
यसअघि जेठ १० गते बसेको पहिलो दिनको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए। पहिलो दिनको बैठकमा अध्यक्ष दाहालले आफ्नाविरूद्ध गुटबन्दी गरिएको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्ट जनाएका थिए।