नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवसरवादी र प्रतिक्रियावादी व्यवहारविरूद्ध साँस्कृतिक आन्दोलन चलाउनुपर्नेमा जोड दिएका छन्।
हत्या हिंसाका घटनालाई सत्ताका आडमा ढाकछोप गर्ने, जातीय भेदभावको कलंकलाई जीवितै राख्ने हो भने परिवर्तन दिशाहीन हुन पुग्ने पौडेलको भनाई छ। रूकुम पश्चिममा हालै भएको घटना सत्ताका आडमा ढाकछोप गर्न खोजेको पौडेलले आरोप लगाएका छन्।
बिहिबार प्रेस विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने, जातीय भेदभावको कलंकलाई जीवितै राख्न जनप्रतिनिधिनै अघि सरेर आधा दर्जन बढी होनहार किशोरहरुलाई हत्या गरेर भेरीमा फाल्नेजस्ता जघन्य अपराध भइ नै रहने हो भने परिवर्तन दिशाहीन हुन पुग्छ।’
उनले सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहारविरुद्द सशक्त साँस्कृतिक आन्दोलन चलाएर लोकतन्त्रका पहरेदारहरुलाई कर्मशील बन्नका लागि पनि नेता पौडेलले आग्रह गरेका छन्।