नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले बेलकोटगढी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराएको छ।
बुधबार नगरपालिकाको कार्यालय बाघखोरमा युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले नगर उपप्रमुख कबिता ढुँगानाको रोहवरमा स्वास्थ्य संयोजक सत्येन्द्र शाहलाई हस्तान्तरण गरेका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको सहयोगमा ५ थान पीपीई उपलब्ध गारइएको हो।
त्यसक्रममा नगर उपप्रमुख ढुँगानाले ट्रेड युनियनले उपलब्ध गराएको सामग्रीबाट स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न महत्वपूर्ण भुमिका निर्बाह गर्ने धारणा ब्यक्त गरिन्।
ट्रेड युनियन नुवाकोटले यसअघि लिखु र सुर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पिपिई तथा बाहिरी जिल्लाबाट नुवाकोट आई श्रम गरिरहेका १५० भन्दा बढी श्रमिकलाई राहत उपलब्ध गराईसकेको युनियनले जनाएको छ।