मन्त्रिपरिषद्ले निर्णय गरे लगत्तै सरकारले संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ। शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।
नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्न सरकराले संविधान संशोधन प्रस्ताव दर्ता गरिएको हो। हालको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन।
संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि सबै सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ। जेठ १३ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। संविधान संशोधन गर्न प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।