सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो।
जारी लकडाउन १५ दिन थप गरिएकाे छ । सोमबारदेखि लकडाउनको अवधि सकिदै थियाे । आजै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।