प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे देशबासीका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले सम्बोधनको तयारी गरेको जानकारी गराएका थिए। सम्बोधनमा उनले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी गरेका छन्।