फ्रान्सबाट कतार हुँदै आएकी एक नेपाली युवतीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।
चैत ४ गते नेपाल आएकी ती युवतीकाे रिपाेट पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
काठमाडाैंमा धेरै नै काेराेना भाइरसका बिरामी छन् भन्ने बारेमा विभिन्न किसिमका टिका टिप्पणी भइरहेकाे समयमा सरकारले पहिलाे पटक विश्व स्वास्थ्य संगठनका प्रतिनिधि समेतकाे उपस्थितीमा राेगकाे बस्तुस्थितीकाे बारेमा जानकारी गराएकाे हाे ।
उनको परिवारका सबै सदस्य र उनीसँग भेटघाट गरेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।
उनीसँगै विमानमा यात्रा गरेकी उनकी साथी छुट्टिएर भियतनाम पुगेकाे चार दिनपछि कोभिड १९ को संक्रमण रहेको देखिएकाे खबर पाएपछिमात्रै उनी हतारिँदै टेकु पुगेकी थिइन्।फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै उनी काठमाडौं उत्रिएकी थिइन्। उनका साथी चाहिँ त्यही ट्रान्जिटबाट छुट्टिएर भियतनाम लागेका थिए।
मन्त्री ढकालले पत्रकार सम्मलेनमा भने, ‘उनीसँगको सम्पर्कमा रहेका साथीहरु, प्लेनमा आउँदाखेरि कति मान्छेहरु कहाँ -कहाँका थिए, त्यसलाई पनि हामीले खोजेर व्यवस्थित गर्छौं ।’ यसअघि पनि एक जनामा काेराेना भाइरसकाे पाेजेटिभ देखिएकाेमा १० दिनकाे उपचारपछि पुन: नेगेटिभ देखिएकाे भन्दै मन्त्री ढकालले याे पनि उपचारपछि नेगेटिभ हुने विश्वास व्यक्त गरे ।