उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिने गरी बन्दोवस्त गरेको बताएका छन्।
राजधानीमा आइतबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आपूर्ति व्यवस्थापनको लागि सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारे। बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको उनको भनाई थियो।
खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत शनिकार गठन गरिएको उनले जानकारी दिए।
कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा पनि उनले जोड दिए। सरकारले खाद्यान्नको पर्याप्त जोहो गरेको मन्त्री भट्टले बताए। उनले सुरक्षाकर्मी र अस्पतालमा खटिने कर्मचारीका लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए। उनले कालोबजारी र अभाव गर्न खोज्नेहरुलाई तीन लाख र हदैसम्मको ५ वर्षसम्मको कैद गरिने स्पष्ट पारे।