उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्याँस वितरणमा सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका छन् ।
सम्बन्धीत क्षेत्रका पदाधिकारीलाइ सोमबार मन्त्रालयमा बोलाएर मन्त्री लेखराज भट्टले बजारमा हाहाकारकाे अवस्था सिर्जना गराइएकाे भन्दै व्यवसायीले असहयाेग गरे सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् ।
निगमले निरन्तर ग्यास उपलब्ध गराइरहेकाे अवस्थामा पनि बजारमा अभाव देखाइएकाेप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री भट्टले तत्काल सहज नभए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउने बताए ।
अहिले नाफा घाटा नहेर्नुहोस् भन्दै मन्त्री भट्टले संकटको बेला सरकारलाई सहयोग गर्न आग्रह गरे ।बैठकमा ग्यास उद्योगीहरुले भनेउपभोक्ताले मौज्दात राख्दा समस्या आएको गुनासो गरेका थिए ।