केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति होइन। जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भएपनि केक काटेर मनाउने कुरा अहिलेसम्म मलाई थाहा थिएन।
जन्मदिनमा केक काट्नुको सट्टा बत्ती बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति हो। केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन। होइन कामरेड! त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो। नेपाल भनेको आमा हो। मैले यति मात्रै भन्न चाहेँ।
तपाईँलाई काट्न मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिननमा केक नकाट्नुहोला। बत्ती ननिभाइ दिनुहोला। बत्ती बाल्दिनुहोला उज्यालोको भविष्यका लागि हो त्यो। जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ प्रगति र्गयौं भनेर देखाउने कुरा हो। त्यसैले जन्मदिनमा केक काटेर होइन बत्ती बालेर उज्यालोको खोजी गरौँ प्रगतिको खोजी गरौँ।
व्यक्ति जोसुकै भएपनि नेपाली संस्कार र सोचहरु सामन्ति चिन्तन र गलत ढंगबाट विकसित भएको छ। सत्तामा पुगेपछि जनताको चाहाना पूरा गर्नै पर्छ। जनताको भवना आत्मसात गर्न नसके सत्तामा बसेर नेतृत्व गरेको अर्थ के? सामन्ति व्यवस्था, राजतन्त्र ढालेर गणतन्त्रमा भएपनि सोच, कार्यशैली र व्यवहार सामन्ति चिन्तन र सामन्ती अवशेषबाट ग्रसित छ। किन परिवर्तन हुन सकेनौँ। किन गणतन्त्रको नेता बन्न सकिएको छैन। किन संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा इमानदार नेता बन्न सकिएको छैन। यसो भन्दा धेरै भनेजस्तो लाग्छ भन्नुपर्ने अवस्था पनि आएको छ। धेरैलाई पीडा भएको हुनाले मैले अभिव्यक्त गरिरहेको छु।
सामन्ती राजतन्त्रलाई ढालेर नेतृत्वमा आएपछि सामन्ती चिन्तन खोजेर निर्मुल गर्ने की नगर्ने? पार्टीभित्र सांस्कृति विचलन सुरु भएको छ। नैतिक धरातल कमजोर भएको छ। हाम्रो नैतिक धरालत कमजोर भएको छ। सत्तामा बसेर अनेकौँ चलखेल गर्ने कामतिर हामी लाग्छौँ। लेनदेनको चलखेल भित्र लाग्छौँकिन यस्तो भइरहेको छ। बुझ्न सकिएको छैन। जनताले यस्तो चाहेको होइन।
(नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश इन्चार्ज शाक्यले बागमती प्रदेशस्तरीय भेलामा व्यक्त गरेका बिचार)