नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले नियोजित रुपमा नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा आफ्नो नाम राखिएको आरोप लगाएका छन्।
उप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको जग्गा लिजमा दिनेहरुमा पूर्व गृहमन्त्री जनार्दन शर्मा पनि रहेको ब्यहोराको श्वेतपत्र सार्वजनिक गरेपछि शर्मा आक्रोशित भएका हुन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री पोखरेलले श्वेतपत्रको नाममा झूठा कुरा लेखिएर अश्वेतपत्र जारी गरेको आरोप पनि लगाए। उनले सरकारलाई समर्थन गर्दागर्दै आफुविरुद्ध किन यस्तो अन्यायपूर्ण काम गरियो जवाफ दिन प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री पोखरेलसँग आग्रह गरे।
श्वेतपत्र भनेको त सत्य तथ्य ल्याउन हुनुपर्नेमा झुठको संग्रह बनेको भन्दै उनले जग्गा दिनेको नाममा आफुलाई मुछेकोमा आपत्ति जनाए। आफुलाई मुछिएको कारण खोज्न ट्रष्टको कार्यालय जाँदा माइन्युट पनि हेर्न नदिइएको उनले उल्लेख गरे। ताहाचलस्थित ट्रष्टको जग्गा लिजमा दिने निर्णय देउवा प्रधानमन्त्री र शर्मा गृहमन्त्री हुँदा गरिएको श्वेतपत्रमा उल्लेख छ ।