नेकपा (माले) का महासचिव सीपी मैनाली दुर्घटनामा घाइते भएका छन्। झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग महोत्तरीको बर्दिवास नगरपालिका ३ मा ठोक्किएको हो। महासचिव मैनाली र उनका चालक घाइते भएका छन् ।
मैनालीको टाउको, छातीमा चोट लागेको छ। घाइते मैनाली र उनका चालकको स्थानीयजनसेवा हस्पिटलमा उपचार भइरहेको छ।
घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।