कोरोना भाइरसका कारण भारतले जापानको राजधानी टोकियोबाट डायमन्ड प्रिन्सेस क्रुजमा रहेका आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेको छ ।
भारत सरकारले कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि बुधबार एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो। उक्त जहाज १२४ जना यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको छ।
उद्धार गरेर दिल्ली ल्याइएका यात्रुहरुमध्ये ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन्। उद्धार गरिएका पाँच जनामध्ये दुई जना श्रीलंकाली र नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना नागरिक रहेको भारत सरकारले जनाएको छ।