यति समूहका तत्कालीन अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ गरेका छन्।
नवाङसहित चार जनालाई खैरो हिरोइनसहित प्रहरीले गत माघ १८ गते पक्राउ गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेका कारण पक्राउको बिषयलाई प्रहरीले गोप्य राखेको थियो।
पक्राउ परेका शेर्पासहित चारै जनाको बुधबार जिल्ला अदालतमा बयान शुरु भएको छ। यस बिषयमा भोलि थुनछेक बहस हुने बताइएको छ।
नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा समेत बिबादमा मुछिएका थिए।