पूर्वमन्त्री गाेकुल बाँस्कोटा घुस बार्गेनिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
बाँकेका प्रेमकुमार शाही र मकवानपुरका आनन्दराम पौडेलले सेक्युरिटि प्रिन्टिङ खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार लगायतमा भष्ट्रचार भएको भन्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, सरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेल र सुचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङ विरुद्ध उजुरी दर्ता गराएका हुन्।
सेक्युरेटी प्रेसको कमिसन प्रकरणमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनि भएपछि बाँस्कोटाले भने राजीनामा दिइसकेका छन्।