सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफूले नैताकिताका आधारमा राजीनामा दिएकोे बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाए लगतै ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो विभिन्नि संचारमाध्यमबाट सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन्।