प्रदेश २ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पलकुमारी झाले मंगलबार राजीनामा दिएकी छिन्।
सरकारको कामप्रति असन्तुष्टि जनाउँदै उनले मुख्यमन्त्री लालबाबु राउत समक्ष राजीनामा बुझाएकी हुन् । राजीनामा पत्रमा राज्यमन्त्री पदको मर्यादा र प्रतिष्ठा जोगाउन लामो समयदेखिको आफ्नो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकोले राजीनामा दिएको उल्लेख गरेकी छन्।
प्रदेशसरकारले एकलौटी रुपमा काम गरिरहेको आरोप लगाउँदै उनले सरकारमा मुखदर्शक बनेर रहने बाहेक कुनै काम नभएकाे बताइन् । अब सांसद रहेर काम गर्ने उनले बताइन्।