पूर्व सांसद तथा नेपाली कांग्रेस पाल्पाका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ।
कार्कीको उपचारका क्रममा शनिबार राति काठमाडौं ग्राण्डी अस्पतालमा निधन भएको हो। मृगौला फेल भएपछि लामो समयदेखि उनी डायलायसिस गर्दै आएका थिए।
२०४८ सालमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कार्की २०५१ देखि २०५६ सालसम्म कांग्रेस पाल्पाको जिल्ला सभापति भएका थिए।
पाल्पाको रम्भा गाउँपालिका ताहूँमा स्थायी घर भएका कार्की सरल, सक्रिय र सवैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका नेताका रुपमा चिरपरिचित थिए।