राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्तसमेत रहेका प्याकुरेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरश पालनाका लागि औपचारिक परिधिभन्दा बाहिर र काम गर्नका लागि राजीनामा दिएको बताएका छन्।
प्याकुरेलले संवैधानिक अंगहरुमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्न सबै लाग्नुपर्ने पनि बताएका छन् । । यसका लागि सत्तारुढ दल नेकपाले सबैभन्दा बढी योगदान गर्न सक्ने पनि प्याकुरेलले विज्ञप्तिमा जनाएका छन् ।
कांग्रेसले भागबण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।उनी राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए ।