गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ।
जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरेलगात्तै मनाङेलाई प्रहरीले प्रकाउ गरी हिरासतमा लिएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुव्र्यवहार गरेको अभियोगमा जिल्ला अदालत कास्कीले मनाङेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी गरिएलगत्तै प्रहरीले उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।
एन्फा कास्की अध्यक्ष गुरुङले बुधबार गण्डकी प्रदेशसभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कास्कीमा जीउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका थिए।
पोखरामा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि अध्यक्ष गुरुङलाई मनाङेले झापड हानेका थिए।
याे पनि