राजपा नेपालले प्रदेश नं ३ काे राजधानी हेटाैंडा र नाम बाग्मती नामाकरण गरिएकाेप्रति असहमति जनाएकाे छ ।
विविधतायुक्त नेपाली समाजमा जातजाति तथा अन्य समुदायहरुको पहिचानसहितको संघीयताको मूलमर्म र भावनामा ठेश पुग्ने गरी प्रदेशको नामाकरण गरिएकाे भन्दै राजपाले असहमति जनाएकाे हाे ।
स्वायत्तता , स्वशासन, प्रतिनिधित्व, स्वाभिमान, र सम्मानको रक्षाको साथै पहिचान रपहुँचमाथिको अधिकार र मर्मलाई अवमूल्यन गर्ने कार्य राष्ट्रिय एकताको मूलभावना विपरीत रहेकाे छ, जारी विज्ञप्तिमा भनिएकाे छ । बाग्मतीप्रदेश नामाकरण गरिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै राजपा नेपालले यसलाइ पहिचान मेटाउने निर्णय भनेकाेछ।