नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष खरेलले आइतबार राजीनामा दिएका हुन्।
उनको कार्य सम्पादनबाट सरकार सन्तुष्ट नभएपछि खरेलले राजीनामा दिएको मन्त्रालय स्रोतको भनाई छ। भकार्यकारी अधिकारसहित अध्यक्ष नियुक्ति भएका खरेलले नेपाल वायु सेवालाई गति दिन नसकेको भन्दै मन्त्री असन्तुष्ट भएका थिए।
खरेललाई सरकारले २०७५ साल भदौ ३१ गते नेपाल वायुसेवा निगम सञ्चालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।