नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन्। नेपाल प्रेस युनियन दाङले आइतबार गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले काग्रेसले एमसीसीको पूर्ण समर्थन गर्ने भन्दै यो जसरी पनि संसद्बाट पारित हुने दाबी गरे।
देउवाले एमसीसी नेपालका विकासका सन्दर्भमा मुटु नै भएको दाबी गरे। नेपालको विद्युत व्यापार र विस्तारमा यसले उल्लेखनीय भूमिका खेल्ने उनको भनाई थियो।
बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्स्मिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिदै सभापति देउवाल एमसीसी पारित भएपछि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने बिश्वास व्यक्त गरे। त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारमा समेत सहयोग पुग्ने आशा व्यक्त गरे।
अमेरीकी राजदूतावासले त्यो इन्डोप्यासिफिक जस्तो सैन्यगतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न पनि सभापति देउवाले आग्रह गरे।