गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ।
गत बुधबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल कक्षमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले महिला प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा मुद्दा दर्ता भएको हो।
परिसरका डिएसपी होबिन्द बोगटीले प्रहरीमा मुद्दा आइसकेको छ र त्यसलाई लिइसकिएको भन्दै प्रक्रिया अगाडि बढाइएको बताए।
विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो ।
आज जिल्ला प्रशासन कार्यालयबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुने जनाइएको छ।
आस्थालाई अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार जिल्ला प्रशासनसँग रहन्छ।
काठमाडौंबाट झापाका उडान भर्ने समय त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई दुव्र्यवहार गरेको गायिका राउतको आरोप छ। उनले यस सम्बन्धमा सामाजिक सञ्जालमा जानकारी गराउने क्रममा जाथाभावी बोलेकी थिइन्।