मुख्य बिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकको विरुद्धमा आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ।
प्रवक्ता बिश्वप्रकाश शर्माका अनुसार कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन लागेको हो।
नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने प्रवधान राखिएको सूचना प्रविधि विधेयकले मा नागरिको गोपनियताको संवैधानिक अधिकार हनन् हुने भएकोले त्यसका बिरुद्ध ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोध पत्र बुझाउन लागिएको शर्माले बताए।
गत पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधानविपरीत आएका विधेयकविरुद्ध पुस २८ गते देशव्यापी विरोधपत्र बुझाउने निर्णय गरेको भए पनि सो दिनको कार्यक्रम स्थगित गरी आज गर्न लागेको हो।