नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने बताएका छन्। कोइराला निवासमा मंगलबार आयोजित कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए।
कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदैै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील रहन आग्रहसमेत गरे।