नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन प्रकाशमान सिंहको निवासमा पुनः दुईपक्षीय नेताको बैठक बसेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताबीच बैठक भइरहेको हो। बैठकमा उपसभापति विमलेन्द्र निधि, सिंह, दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी सहभागी छन्।
पौडेल पक्षले आफ्नो पक्षका माग सम्वोधन गर्ने पूर्व सहमति भएमात्रै बैठकमा उपस्थित हुने अडान लिइरहेको छ। यही विषयमा सहमति खोज्न देउवाले नेताहरुलाई चाक्सीबारी पठाएका हुन्। पौडेल पक्षले महाधिवेशन कार्यतालिका जारी केन्द्रीय समिति बैठकमा पेश गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र तरुण दलमध्ये एकको नेतृत्व दिनुपर्ने, विभाग २८ मात्रै बनाउनुपर्ने र क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्नेलगायतका माग अघि सारेको छ।
पौडेल पक्षले विभागमासमेत आफ्नो सम्मानजनक स्थानमा माग गरेको छ।