दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने हरेक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ प्रोत्साहन प्याकेजको घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सागमा पदक जितेका खेलाडीहरुलाई सरकारी निवास बालुवाटार बोलाएर प्रोत्साहन प्याकेज घोषणा गरेका हुन्।
त्यस्तै रजत विजेता ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख दिइने छ।
एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख पाउनेछन्।
यस्तै टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख दिइनेछ। नेपालले सागमा ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जितेको छ।सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबभन्दा धेरै पाउने भएकी छन् ।
प्रधानमन्त्रीले दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरे अनुसार सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने छिन् । साथै रजत जित्नेलाई ६ लाख दिने घोषणा गरिए अनुसार उनले २ रजत पदक समेत जितेकाे हुँदा थप १२ लाख समेत गरि ५६ लाख पाउने भएकी छिन् ।