नेकपा विप्लव समूहका मेचिनगर ईन्चार्ज याम कुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले विप्लव समूहका मेची नगर इन्चार्ज गिरिलाई शुक्रबार बेलुका काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो। फत्राउ परेका गिरि विप्लव समूहका झापा जिल्लाका सदस्य पनि हुन्।
गत भदौ २३ गते राति झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षती पुर्याई फरार रहेका ब्यक्तिहरुमध्ये गिरि पनि एक भएको महाशाखाले जनाएको छ।
पक्राउ परेका गिरिबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।