राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सीमाको बिषयलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।
संवाद चौतारीले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा पटक पटक सीमा मिचिने घटना दोहारीदै गएको भन्दै यस बिषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका हुन् । सीमा मिचिएको बारे जनस्तरबाट भएका संघर्षलाई निस्तेज बनाउन नहुने भन्दै उनले यस बिषयमा राजनीतिक तहबाटै दुईपक्षिय वार्ता गर्नुपर्नेमा जोड समेत दिए ।
उनले सीमा मिचिएको बारे सवै दलको एकमतले विरोध गरेको भन्दै सरकारले भूमि फिर्ताका लागस नेपालसंग भएका नक्सा अघि सानुपर्ने जिकिर गरे । सत्तामा बस्ने जिम्मेवार व्यक्तिहरुले कूटनीतिक माध्यमबाट खुट्टा दहे बनाएर वार्ता गर्नुपर्ने उनकाे भनाइ थियाे । उनले नेपाली भूमिमा रहेका अन्य देशका सुरक्षाकर्मी तत्काल हटाउन पहल गर्नुपर्ने बताए ।