सत्तासीन नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अमृत बोहोरालाई केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा चयन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अनुशासन आयोगको सचिवमा अशोक रोकायालाई जिम्मेवारी दिने निर्णय गरेको छ। यसैगरी केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल चयन भएका छन्।
सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई जिम्मेवारी दिइएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
लेखा परीक्षणको अध्यक्षमा पुष्प कँडेल, सचिवमा टेकनाथ आचार्य र ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन्।