प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले हालै जारी गरेकाे नयाँ सीमा नक्साकाे बारेमा छलफल गर्न शनिबार सर्वपक्षीय बैठक बाेलाएका छन् ।भारतले आइतबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको भन्दै चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्रीले त्यस विषयमा छलफल गर्न बैठक डाकेका हुन् ।
शनिबार अपरान्ह ४ बजे बस्ने गरी डाकिएकाे बैठकमा राजनीतिक दलका नेताहरू, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरु तथा सरोकारवालाहरू सहभागि हुने प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए ।सीमा मिचिदा पनि प्रधानमन्त्री माैन बसेकाे आरोप लागिरहेका बेला उनले सर्वपक्षी बैठक बोलाएका हुन् ।
नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सीमाका सम्बन्धमा एकतर्फी गरिने निर्णय मान्य नहुने बताएकाे भाेलिपल्ट जवाफ फर्काउदै भारत सरकारले नयाँ नक्सामा नेपाल-भारत सीमामा कुनै परिमार्जन नगरेको दाबी गरेको छ ।