सरकारले पदमुक्त गरेलगत्तै गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले सरकारको यो कदमले राज्यलाई मृत्युतिर धकेलेको प्रतिक्रिया दिएका छन् । देश संविधान र कानुनले डोर्याउनु पर्नेमा व्यक्ति विशेषले संविधान र कानुनलाई डोर्याउनु निकै दुखदायी रहेको उनको भनाइ थियो ।
उनले भने, ‘रोगले जीवको मृत्यु हुन्छ भने अराजकता र अधर्मले देशको नष्ट हुन्छ । अराजकता र अधर्मले राज्यको मृत्यु हुन्छ । अब यो देश यही तरिका हो भने देशले मृत्यु कुरेर बसेको आभास भएको छ ।
व्यक्तिगत रुपमा भने आफूलाई राम्रै भएको उनको प्रतिक्रिया छ । उनले भने, व्यक्तिगत कुरा गर्ने हो भने मलाई राम्रो लागेको छ । मेरो व्यक्तिगत रुपमा मात्र कुरा गरेर हुँदैन, सवाल मुलुकको हो ।’