राष्ट्रपति विद्या भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छ्न् । सरकारकाे सिफारिसमा उनीहरूलाइ आइतबार पदमुक्त गरिएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।
संविधानकाे धारा १६५ काे उपधारा १ काे खण्ड ख बमाेजिम उनीहरूलाइ पदमुक्त गरिएकाे राष्ट्रपतिकाे कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
सरकारले प्रदेश १ मा प्रा डा गाेविन्द बहादुर तुम्बाहाङ,२ मा रत्नेश्वर लाल (कायस्थ),३ मा अनुराधा काेइराला,४ मा बाबुराम कुँवर,५ मा उमाकान्त झा,६ मा दुर्गा केशर खनाल र ७ मा माेहनराज मल्ललाइ नियुक्त गरेकाे थियाे ।