कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु जारी गरिएको छ । लक्ष्मी माताको मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा स्थानीय दुई समूहबीच भएको झडपले उग्र रुप लिएपछि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।
यसअघि झडप नियन्त्रणमा लिन प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो। त्यसक्रममा १० जना घाइते भएको बताइएको छ ।