बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्या पाउने आशामा छिन्।
उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन्। राजनीतकि शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पनि खुल्ने विश्सास उनमा बढेको छ।
सम्धी समसुलले रुक्सानालाई सुरक्षा खतरा हुने भन्दै साँझ परेपछि नहिँड्न भनेका थिए। तर माइती घर पुगी भाइको सबै हालत बुझेर उनी साँझ करिब साढे ५ बजेतिर सम्धिनी साहजहान खातुन र जमिला खातुनसँगै घर फर्कदै थिइन्। साँझ खोला आफ्नै गतिमा बगिरहेको थियो। उखुबारीका पातहरु हावाको सुरमा बजिरहेका थिए।
गाउँबाट अलिक परको सुनसान ठाउँमा त्यही बेला उखुबारीबाट नकाब लगाएका केही मान्छे फुत्त निस्किए। उनलाई च्याप्प समाते र बन्दुकको कुन्दाले टाउकोमा हाने। एकैछिनमा तिनीहरुले उनको टाउकोमा गोली प्रहार गरे। कान्तिपुरमा खबर छ।