निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाको उपनिर्वाचनका लागि कार्तिक २१ गते मनोनयन दर्ताको समय तोकेको छ ।
मंसिर १४ गते हुने निर्वाचनकाे लागि आयोगले कार्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको उम्मेदवारी दर्ताको समय तोकेको हो।
यस्तै, स्थानीय तहका लागि कार्तिक २७ गतेको समय तोकेको छ। स्थानीय तहका लागि सम्बन्धित स्थानीय तहमै उम्मेदवारी दर्ता हुने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
प्रतिनिधिसभातर्फ कास्की– २, प्रदेशसभातर्फ बागलुङ २(२), भक्तपुर १(१) र दाङको ३(२) निर्वाचन क्षेत्रमा र ४२ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो।